दफा २१
जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्ने
: (१) मुद्दा हेर्ने अधिकारीले यस ऐन बमोजिम जफत गरेको सूर्तिजन्य पदार्थ नष्ट गर्नु पर्नेछ ।
(२) मुद्दा हेर्ने अधिकारीले उपदफा (१) बमोजिम सूर्तिजन्य पदार्थ नष्ट गर्दा मानव स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव नपर्ने गरी नष्ट गर्नु पर्नेछ ।