दफा २०
जरिबाना तत्काल बुझाउनु पर्ने
(१) यस परिच्छेद बमोजिम भएको जरिबाना कसूरदारले तत्काल बुझाउनु पर्नेछ ।

(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो कसूरदारले त्यस्तो जरिबाना तत्काल बुझाउन नसकी त्यस बापत कुनै सम्पत्ति जमानत दिएमा अदालतले एक वर्ष भित्र त्यस्तो रकम चुक्ता हुने गरी बढीमा तीन किस्तामा जरिबाना बुझाउने गरी आदेश दिन सक्नेछ ।