नियम १४
जाँच, टाँचा आदिएको दस्तूर
(१) निरीक्षकको समक्ष जाँचको लागि ल्याइएको नाप तौल र नाप्ने तौलने यन्त्रमा जाँच र टाँचा लगाइए बापत अनुसूची–९ बमोजिमको दरले दस्तूर लिइनेछ ।
(१क) नियम ११ को उपनियम (१क) बमोजिम टाँचा लगाउँदा उपनियम (१) बमोजिम लाग्ने दस्तूरको अतिरिक्त एक वर्षभित्र भए एक सय रुपैयाँसम्म, दुई वर्षभित्र भए एक सय रुपैयाँदेखि दुई सय पचास रुपैयाँसम्म, तीन वर्षभित्र भए दुईसय पचास रुपैयाँ देखि चार सय पचास रुपैयाँ सम्म, चारवर्ष भित्र भए चार सय पचास रुपैयाँ देखि सात सय रुपैयाँसम्म र पाँच वर्षभित्र सात सय रुपैयाँदेखि एक हजार रुपैया“सम्म जरिवाना लिइनेछ ।
(२) नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोग गर्नेले आफ्नो प्रयोग स्थानमै जाँच गराउन वा टाँचा लगाउन निरीक्षकलाई निवेदन दिएमा अनुसूची–९ मा उल्लिखित दरमा पचास प्रतिशत थप दस्तूर र निरीक्षकलाई आउने जाने खर्च, जाँच गर्न र टाँचा लगाउन चाहिने कार्यकारी स्टाण्डर्ड र नाप्ने तौलने यन्त्र ल्याउ“दा वा लैजाँदा लाग्ने ढुवानी खर्च व्यहोर्नु पर्नेछ । तर देहायका वस्तुहरु जाँचपास गर्दा यो उप–नियम बमोजिम अतिरिक्त दस्तूर लिइने छैनः–
(क)पेट्रोलियम पदार्थ बोक्ने गाडी, पेट्रोल पम्प, तौलने पुल, अचल मञ्चयुक्त तौलने यन्त्र र नियन्त्रकले तोकिदिएका अन्य यस्तै यन्त्रहरु,
(ख) निर्माता र विक्रेताले बिक्री गर्न राखेका नाप तौल र नाप्ने तौलने यन्त्र ।
(३) उप–नियम (१) र (२) मा जुनसुकै कुरा लेखिए तापनि जाँच गरी टाँचा लगाइएको नाप तौल वा नाप्ने तौलने यन्त्रमा नियम १५ बमोजिम टाँचा नमेटिएको वा नियम ११ मा उल्लिखित अवधिभित्र लगाइएको टाँचा मेटिई सो अवधिभित्र पुन टाँचा मार्नु पर्ने भए कुनै दस्तूर लिइने छैन ।
(४) कुनै पनि नाप तौल वा नाप्ने तौलने यन्त्र नियम ११ बमोजिम जाँच गर्दा घटीबढी देखिएमा त्यस्तो नाप तौल वा नाप्ने तौलने यन्त्र सम्बन्धित व्यक्तिलाई मिलान गर्न फिर्ता दिइनेछ र निजले आवश्यक मिलान गरी सात दिनभित्र त्यस्तो नाप तौल वा नाप्ने तौलने यन्त्र पुन जाँचको लागि ल्याएमा जा“च गरिदिनु पर्नेछ र ठीक देखिए टाँचा लगाइ दिनु पर्नेछ ।
(५) उपनियम (४) बमोजिम नाप तौल वा नाप्ने तौलने यन्त्र मिलान गर्न फिर्ता दिंदा दुई पटकसम्ममा पनि मिलान गर्न नसकेमा त्यस्तो नाप तौल वा नाप्ने तौलने यन्त्र प्रयोगमा ल्याउन पाइने छैन ।