नियम ३८
जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृत हेरफेर गर्न सक्ने
कुनै जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृतले निजलाई तोकिएको काम कुनै कारणवश सम्पन्न गर्न नसकेमा वा निजबाट त्यस्तो काम गराउन उपयुक्त छैन भन्ने मनासिब कारण भएमा त्यस्तो कारण खुलाई विभागको प्रमुखले निजको सट्टा अर्को जाँचबुझ अधिकृत वा अनुसन्धान अधिकृत नियुक्त गर्न वा तोक्न सक्नेछ ।