दफा १७
जाँचबुझ तथा निरीक्षण गर्ने
: (१) अनुमतिपत्र प्राप्त व्यक्तिले यो ऐन, यस ऐन अन्तर्गत बनेको नियम, विनियम, निर्देशिका वा मापदण्ड तथा प्रचलित अन्य कानून वा अनुमतिपत्र प्रदान गर्दा निर्धारण गरिएका शर्त बमोजिम कार्य गरे नगरेको सम्बन्धमा आयोगले आवश्यक जाँचबुझ तथा निरीक्षण गर्न वा गराउन सक्नेछ ।
(२) उपदफा (१) बमोजिम जाँचबुझ तथा निरीक्षण गर्दा अनुमतिपत्र प्राप्त व्यक्तिसँग लेखा, अभिलेख, विवरण आदि माग गर्न वा स्थलगत रूपमा जाँचबुझ तथा निरीक्षण गर्न सकिनेछ ।
(३) उपदफा (१) वा (२) बमोजिम जाँचबुझ तथा निरीक्षण गर्ने पदाधिकारी वा कर्मचारीले त्यसको प्रतिवेदन तयार गरी आयोग समक्ष पेश गर्नु पर्नेछ र त्यस्तो प्रतिवेदनको आधारमा आयोगले सम्बन्धित अनुमतिपत्र प्राप्त व्यक्तिलाई आवश्यक आदेश तथा निर्देशन दिन सक्नेछ ।
(४) उपदफा (३) बमोजिम दिएको आदेश तथा निर्देशन अनुमति पत्र प्राप्त व्यक्तिले पालना नगरेमा आयोगले त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिलाई दफा १९ को उपदफा (१) बमोजिम जरिबाना गर्न सक्नेछ ।