नियम १७
जाँचबुझ र निर्णय
(१) नियम १६ बमोजिम दलले पेश गरेको निवेदन सम्बन्धमा आयोगले देहाय बमोजिम जाँच गरी निर्वाचन प्रयोजनको लागि दल दर्ता सम्बन्धी निर्णय गर्नु पर्नेछ ः-
क० निवेदनमा खुलाउनु पर्ने कुरा खुलाए वा नखुलाएको,
ख० निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न दलले पेश गरेको निवेदन र सो साथ संलग्न विवरण, कागजात पूरा भए वा नभएको,
ग० निर्वाचन प्रयोजनको लागि दल दर्ता हुनका लागि प्रचलित सङ्घीय कानूनले तोकेका शर्तहरु पूरा गरे वा नगरेको ।
(२) आयोगले उपनियम (१) बमोजिम जाँच गर्दा निवेदन साथ संलग्न विवरण तथा कागजात स्पष्ट नभएमा वा कुनै विषयमा थप प्रमाण आवश्यक पर्ने भएमा सम्बन्धित दललाई थप विवरण, कागजात वा आवश्यक प्रमाण सहित आफ्नो लिखित भनाई पेश गर्न बढीमा सात दिनसम्मको समय दिनेछ ।
(३) आयोगले उपनियम (२) बमोजिम दिएको समयभित्र सम्बन्धित दलले थप कागजात, विवरण वा प्रमाण सहित आफ्नो भनाई लिखित रुपमा पेश गर्नु पर्नेछ ।
(४) आयोगले यस नियम बमोजिम पेश भएको निवेदन, कागजात, विवरण तथा प्रमाणको जाँच गर्दा निर्वाचन प्रयोजनको लागि दल दर्ता गर्न मनासिब देखेमा त्यस्तो दललाई दर्ता गर्नेछ र दर्ता गर्न मिल्ने नदेखिएमा सोको जानकारी सम्बन्धित दललाई गराउनेछ ।