नियम २६
जानकारी गराउनु पर्ने
(१) कुनै निजामती कर्मचारीले कसैले सरकारी वा सार्वजनिक सम्पत्तिमा कुनै किसिमको नोक्सान वा क्षति पु्याउने कुनै काम गर्न लागेको वा गरेको जानकारी वा सूूचना पाएमा सो सम्बन्धमा आफैले कारबाही गर्नु पर्नेमा त्यस्तो सम्पत्तिमा संरक्षणको लागि आफैले उपयुक्त व्यवस्था गर्नु पर्नेछ र सो विषय अन्य निकाय वा कार्यालयको कार्यक्षेत्रमा पर्ने भएमा त्यस्तो निकाय वा कार्यालयको प्रमुख भई काम गर्ने व्यक्तिलाई तुरुन्त जानकारी गराउनु पर्नेछ ।
(२) कुनै निजामती कर्मचारीले कसैले कुनै गैरकानूनी कार्य वा आपराधिक कार्य गर्न लागेको, गरिरहेको वा गरेको जानकारी प्राप्त गरेमा सो विषयमा तुरुन्त सम्बन्धित निकायमा वा आफ्रनो कार्यालय प्रमुखलाई जानकारी गराउनु पर्नेछ ।