दफा २७
जानकारी गराउनु पर्ने
: (१) अध्यक्ष तथा सदस्यले आफू नियुक्त भएको तीस दिनभित्र देहायको विषयको लिखित जानकारी आयोगलाई गराउनु पर्नेछ ः-
(क) आफू अध्यक्ष वा सदस्य पदमा नियुक्त हुनुभन्दा अगाडि संलग्न रहेको पेशा, रोजगारी वा व्यवसाय र त्यसको कार्यालयको विवरण,
(ख) आफू वा आफ्नो परिवारको कुनै सदस्य कुनै अनुमतिपत्र प्राप्त व्यक्तिको शेयरधनी भए वा नभएको र शेयरधनी भए लिएको शेयर सङ्ख्याको विवरण तथा त्यस्तो अनुमतिपत्र प्राप्त व्यक्तिसँग कुनै किसिमको वित्तीय स्वार्थ रहे वा नरहेको,
(ग) आफू वा आफ्नो परिवारको कुनै सदस्य पछिल्लो तीन वर्षभित्र कुनै अनुमतिपत्र प्राप्त व्यक्तिको सञ्चालक, पदाधिकारी, सल्लाहकार, कर्मचारी वा लेखा परीक्षक भए वा नभएको,
(घ) आयोगलाई यस दफा बमोजिम जानकारी गराउँदाका बखत कुनै अनुमति पत्र प्राप्त व्यक्तिसँग निजको स्वार्थ देखिन सक्ने कुनै सम्भावित अवस्था भए त्यसको विवरण ।
(२) उपदफा (१) बमोजिम जानकारी गराएको विषयको एक प्रति विवरण आयोगले नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पठाउनु पर्नेछ र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले त्यसको अभिलेख राख्नेछ ।