दफा २९क
जानकारी गराउने
(१) पर्वतारोहणको सिलसिलामा पर्वतारोहीदलका सदस्य, सम्पर्क अधिकृत, सरदार, पर्वतीय पथ प्रदर्शक, उचाईमा जाने कामदार, आधार शिविरका कामदार वा स्थानीय कामदारमध्ये कसैको दुर्घटना भएमा वा दुर्घटना वा अन्य कुनै कारणले मृत्यु भएमा वा हराएमा यस सम्बन्धी पूर्ण विवरणको प्रतिवेदन पर्वतारोहीदलका साथ खटी जाने सम्पर्क अधिकृत वा पर्वतारोही दलको नेता वा कुनै सदस्यले नेपाल सरकारसमक्ष पेश गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम प्राप्त हुन आएको प्रतिवेदनको आधारमा कुनै व्यक्तिको सम्बन्धमा मृत्यु भएको वा हराएको भनी नेपाल सरकारले सम्बन्धित व्यक्ति वा निकायमा अनौपचारिक रूपमा जानकारी गराउन सक्नेछ ।