नियम २५
जानकारी दिनु पर्ने
(१) दलले ऐनको दफा ५१ बमोजिम आफ्नो नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन भएमा वा पदाधिकारीको हेरफेर भएमा दलको प्रमुख पदाधिकारी वा अधिकार प्राप्त व्यक्तिले अनुसूची–१८ बमोजिम आयोगमा जानकारी गराउनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको जानकारी प्राप्त भएमा आयोगले त्यस्तो परिवर्तन, संशोधन वा हेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भए नभएको र सो सम्बन्धमा आधिकारिक निर्णय भए नभएको सम्बन्धमा आवश्यक जाँचबुझ गर्नेछ ।
(३) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा त्यस्तो परिवर्तन, संशोधन वा हेरफेर संविधान, ऐन, यस नियमावली तथा दलको विधान बमोजिम भएको र त्यसरी परिवर्तन वा संशोधन गरिएको नाम, झण्डा, छाप तथा चिन्ह (लोगो) अन्य कुनै राजनीतिक दलको नाम, झण्डा, छाप तथा चिन्ह (लोगो) सँग दोहोरो नपर्ने भएमा सोको अभिलेख अद्यावधिक गर्नेछ ।
(४) उपनियम (२) बमोजिम जाँचबुझ गर्दा त्यसरी नाम, विधान, नियम, छाप, झण्डा, चिन्ह (लोगो) मा परिवर्तन वा संशोधन गर्न वा पदाधिकारीको हेरफेर गर्न नमिल्ने अवस्था भएमा आयोगले सोको कारण खुलाई सुधार सहितको विवरण पेश गर्न सात दिनको समय दिई सम्बन्धित दललाई सूचित गर्नेछ ।
(५) उपनियम (४) बमोजिमको अवधिभित्र त्यस्तो विवरण प्राप्त भएमा र आयोग त्यसमा सन्तुष्ट भएमा सो बमोजिमको अभिलेख अद्यावधिक गरी राख्नेछ र कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा सोही व्यहोराको जानकारी सम्बन्धित दललाई
गराउनेछ ।
(६) उपनियम (५) बमोजिम कुनै विवरण परिवर्तन, संशोधन वा हेरफेर हुन नसक्ने भएमा दलको साविकको विवरण नै कायम रहेको मानिनेछ ।