नियम ३३
जानकारी दिनु पर्ने
ऐनको दफा १३ को उपदफा (१) वा (२) बमोजिम उद्योगले उत्पादन गरेको वस्तु वा सेवा नेपालको आन्तरिक बजारमा बिक्री गर्नु अघि त्यस्तो वस्तु वा सेवाको सम्बन्धमा देहायका कुरा खुलाई प्राधिकरणले निर्धारण गरेको ढाँचामा प्राधिकरणलाई जानकारी दिनु पर्नेछः-
(क) उद्योगले आन्तरिक बजारबाट कुनै कच्चा पदार्थ वा उत्पादन खरिद गरेको भएमा त्यस्ती पदार्थ वा उत्पादनको परिमाण, मूल्य र आपूर्ति गर्ने आपूर्तिकर्ताको विवरण,
(ख) उचोगबाट/ उत्पादित वस्तु वा सेवाको कूल परिमाण,
(ग) निर्यात गरेको भए निर्यात गरिएको वस्तु वा सेवाको कूल परिमाण,
(घ) आन्तरिक बजारमा बिक्री गर्ने वस्तु वा सेवाको क्‌ल परिमाण,
(छ) आन्तरिक बजारमा बिक्री गर्नु पर्नाको कारण,
(च) - त्यस्तो वस्तु वा सेवाको उत्पादन र पैठारी गरिएका उत्पादनसँग सम्बन्धित मालवस्तुमा कुनै छुट तथा सुविधा प्राप्त गरेको भएमा सो सम्बन्धी विवरण,
(छ) आन्तरिक बजारमा बिक्री गरिने वस्तु वा सेवाको उत्पादन मिति र व्याच नम्बर,
(ज) उद्योगबाट उत्पादन भएको वस्तु भए कारखाना मूल्य र सेवा भए कुनै कर वा शुल्क नजोडिएको मूल्य खुल्ने विवरण ।