दफा २४३
जायजात हुने सम्पत्ति

(१) दफा २४२ बमोजिमको बिगो बापत जायजात गर्दा त्यस्तो सम्पत्ति भोग वा उपयोग गर्ने बाह्र वर्षदेखि माथिका मानुनछुट्टिई सँगै बसेका र मानो वा अंश छुट्टिई भिन्न बसे पनि सो सम्पत्ति भोग वा उपयोग गर्ने व्यक्तिसँग रहेकोअंशसमेत जायजात गर्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम जायजात गर्दा देहायका सम्पत्ति छुट्याई बाँकी रहेको सम्पत्ति जायजात गर्नु पर्नेछ:-
(क) जायजात गर्नु पर्ने व्यक्ति बाहेक अन्य व्यक्तिको निजी सम्पत्तिको रूपमा कुनै सम्पत्ति रहेको भएत्यस्तोसम्पत्ति,
(ख) जायजात हुने व्यक्ति तथा निजको एकाघरका परिवारले लगाएको र लगाउने तीन जोरसम्मको कपडा तथा जुत्ता,
(ग) जायजात हुने व्यक्ति तथा निजको एकाघरका परिवारलाई आवश्यक खाना पकाउने तथा खाने एकसरो भाँडा, थालकचौरा,एकसरो ओड्ने ओछ्याउने तथा मनासिब सङ्ख्याका फर्निचर,
(घ) जायजात हुने व्यक्तिको एकाघरका परिवारलाई पठन पाठन गर्न आवश्यक पर्ने पुस्तक,
(ङ) जायजात हुने व्यक्ति र निजको एकाघरका परिवारको लागि जायजातको कारबाही प्रारम्भ हुनु भन्दा अगावैखरिदगरिसकेको औषधि तथा स्वास्थ्य सम्बन्धी उपकरण,
(च) जायजात हुने व्यक्ति तथा निजका एकाघर परिवारलाई बढीमा तीन महिनासम्म जीवन निर्वाह गर्न आवश्यकखाद्यान्न,
(छ) जायजात हुने व्यक्ति तथा निजका एकाघर परिवारको पेशा रोजगारसँग सम्बन्धित एकसरो ज्यावल वा औजार ।
(३) उपदफा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि सो उपदफाको खण्ड (ख), (ग), (घ), (ङ), (च) र (छ) बमोजिम सम्पत्तिपरसार्दा एक लाख रुपैयाँभन्दा बढी रकमको सम्पत्ति पर सारिने छैन ।
(४) उपदफा (१) बमोजिम जायजात गर्दा समेत बिगो पुगेन भने परिवारका अरु सदस्यलाई पक्रन पाइने छैन ।