नियम ७
जायजातको गर्दाको कार्यविधि
फैसला अनुसार कसूरदारले पीडितलाई तिर्नुपर्ने क्षतिपूर्तिको रकम तोकिएको अवधिभित्र नबुझाई कसूरदारको सम्पत्ति जायजात गरी पीडितलाई ऐनको दफा ४५ को उपदफा (१) बमोजिम भराउँदा मुलुकी फौजदारी कार्यविधि (संहिता) ऐन, २०७४ को परिच्छेद –१५ र मुलुकी फौजदारी कार्यविधि नियमावली, २०७५ को नियम ८३ र ८४ बमोजिमको कार्यविधि अबलम्बन गर्नु पर्नेछ ।