दफा १३४
जालसाजी वा ठगी गरेमा कारबाही गर्ने
कम्पनीका कुनै सञ्चालक, कर्मचारी वा शेयरधनीले कम्पनीलाई जालसाजी वा ठगी गर्ने कार्य गरेको छ भन्ने लिक्विडेटरलाई लागेमा प्रचलित कानून बमोजिम त्यस्तो व्यक्तिको विरुद्धमा लिक्विडेटरले आवश्यक कानूनी कारबाही चलाउन सक्नेछ ।