दफा ३६
जिरह सम्बन्धी विशेष व्यवस्था
: (१) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि  अपराधको मुद्दाका सुराकी, उजूरीकर्ता वा कुनै साक्षीलाई अभियुक्तले कुनै प्रकारको जिरह वा प्रश्न गर्न सक्ने छैन ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि त्यस्तो सुराकी, उजूरीकर्ता वा कुनै साक्षीलाई जिरह गर्न सक्ने गरी अदालतले आदेश दिएमा अभियुक्तको कानून व्यवसायीले श्रब्यदृश्य संवाद मार्फत वा अभियुक्तले निजलाई नदेख्ने वा निजको पहिचान गर्न नसक्ने, नदेख्ने र सुराकी, उजुरीकर्ता वा कुनै साक्षीले व्यक्त गरेको कुरा नसुन्न्ने गरी जिरह गर्न सक्नेछ ।
(३) उपदफा (२) बमोजिम जिरह गर्नेकानून व्यवसायीले त्यस्तो सुराकी, उजूरीकर्ता वा साक्षीको नाम, थर, वतन लगायत परिचयात्मक विवरण र चिन्ह त्यस्तो अभियुक्त लगायत कसैलाई पनि कुनै पनि रुपमा प्रकट गर्नु हु“दैन ।
(४) उपदफा (२) बमोजिम कानून व्यवसायीले गरेको जिरह अभियुक्तबाट नै भए गरेको मानिनेछ ।
(५) उपदफा (२) बमोजिम जिरह गर्ने कानून व्यवसायीले जिरह गर्नु अघि जिरह गरिने व्यक्तिको नाम, थर र वतन वा निजको तीनपुस्ते विवरण लगायतका कुनै पनि परिचयात्मक विवरण वा चिन्ह कुनै पनि प्रकारले अभियुक्त वा अन्य कसैलाई प्रकट नगर्ने गरी लिखितरुपमा अदालतले तोकेको ढा“चामा न्यायाधीश समक्ष शपथ लिनु पर्नेछ ।
(६) उपदफा (५) बमोजिमको शपथ नलिइकन त्यस्तो कानून व्यवसायीले सुराकी, उजूरीकर्ता वा कुनै साक्षीलाई सोधपुछ र जिरह गर्न सक्ने छैन ।
(७) यस दफा बमोजिम जिरहको कार्यमा संलग्न कर्मचारीले पनि उपदफा (५) बमोजिमको विवरण अन्य कसैलाई प्रकट नगर्ने गरी लिखित रुपमा न्यायाधीश समक्ष शपथ लिनु पर्नेछ ।