दफा १८
जिल्ला अदालतलाई अधिकारक्षेत्र हुने

(१) मुद्दाको विषयवस्तुको प्रकृतिले स्थलगत रूपमा जाँचबुझ गर्नु पर्ने अवस्था भएको कुनै पनि अचल सम्पत्तिसम्बन्धी विषय, सुविधाभार, कुलो, साँध सम्बन्धी मुद्दा र फिरादपत्रबाट घर, जग्गा वा सम्पत्ति जाँच्नु पर्नेदेखिएको मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकार त्यस्तो घर, जग्गा वा सम्पत्ति रहेको जिल्लाकोजिल्ला अदालतलाई हुनेछ ।
(२) उपदफा (१) मा उल्लेख भएका मुद्दाका अतिरिक्त देहायका मुद्दाको समेत कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारत्यस्तो सम्पत्ति रहेको जिल्लाको जिल्ला अदालतलाई हुनेछ:-
(क) बहाल, बाली वा बिगोको प्रश्न समावेश भएको वा सम्पत्तिको स्वामित्व, भोग चलन वा हक बेहक सम्बन्धी,
(ख) अचल सम्पत्ति रोक्का राख्ने वा निखन्ने सम्बन्धी,
(ग) अचल सम्पत्ति बाँडफाँट सम्बन्धी,
(घ) अचल सम्पत्ति धितो, बन्धकमा राख्ने, भोग्ने, चलन चलाउने सम्बन्धी,
(ङ) अचल सम्पत्ति उपरको कुनै सरोकार वा शर्त सम्बन्धी,
(च) अचल सम्पत्तिसँग सम्बन्धित क्षतिपूर्ति सम्बन्धी ।
(३) उपदफा (१) वा (२) मा जुनसुकै कुरा लेखिएको भए तापनि अंश मुद्दा बादी वा प्रतिबादी रहेको जिल्लामध्ये जुनजिल्ला अदालतमा फिरादपत्र दायर हुन्छ सोही जिल्ला अदालतलाई मुद्दाको कारबाही, सुनुवाई र किनारा गर्ने अधिकारहुनेछ ।