नियम
जिल्ला विपद्‌ व्यवस्थापन समितिको काम, कर्तव्य र अधिकार
: ऐनमा उल्लिखित काम, कर्तव्य र अधिकारका अतिरिक्त जिल्ला विपद्‌ व्यवस्थापन समितिको अन्य काम, कर्तव्य र अघिकार देहाय बमोजिम हुनेछ :-

(क) /विपद्‌ व्यवस्थापन सम्बन्धी क्रियाकलापहरुको सञ्चालन तथा व्यवस्थापनका सन्दर्भमा प्राधिकरण, प्रदेश विपद्‌ व्यवस्थापन समिति तथा स्थानीय विपद्‌ व्यवस्थापन समितिबीच समन्वयात्मक रुपमा काम गर्ने,

(ख) विपद्‌ जोखिम न्यूनीकरणको लागि विपद्‌ पूर्वतयारी कार्ययोजना तयार गरी कार्यान्वयन गर्ने गराउने,

(गा) कम्तीमा पचास जना उद्घारकर्मीलाई उद्धार कार्यमा प्रयोग गर्न आवश्यक पर्नै खोज तथा उद्धार सामग्री भण्डारणको व्यवस्था मिलाउने, (घ) विपद्को समयमा सूचना प्रवाहको लागि सञ्चार संयन्त्रको परिचालन तथा व्यवस्थापन गर्ने,

(ङ) विपद्को समयमा नागरिकलाई अनावश्यक भय र त्रास फैलन सक्ने किसिमका स्‌चना प्रवाह गर्न रोक लगाउने,

(च) विपद्‌ व्यवस्थापन क्षेत्रका क्रियाशील राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बैरसरकारी संस्थाबाट सञ्चालित: कार्यक्रमको नियमित रुपमा समन्वय र अनुगमन गर्ने, गराउने ।