दफा २६
जिल्ला समन्वय समितिले समन्वय गर्ने
: (१) जिल्ला समन्वय समितिले देहायका विषयमा समन्वय गर्नेछः-
(क) संघ वा प्रदेशले स्थानीय तहमा गर्ने विकास निर्माण सम्बन्धी कार्य,
(ख) जिल्लामा रहने संघीय सरकारी कार्यालय, प्रदेश सरकारी कार्यालय तथा स्थानीय तहबाट सम्पादन हुने कार्य,
(ग) प्रचलित कानून बमोजिम तोकिएका अन्य कार्य।
(२) यस ऐन बमोजिम परिषद् वा प्रदेश समन्वय परिषद्मा पेश भएको कुनै बिषयमा कुनै जिल्लाभित्रका स्थानीय तहबीचको समन्वयको विषय समावेश भएको र सो विषयमा जिल्ला समन्वय समितिबाट समन्वय वा सहजीकरण गर्दा उपयुक्त हुने देखिएमा परिषद् वा प्रदेश समन्वय परिषद्ले त्यस्तो विषय सम्बन्धित जिल्ला समन्वय समितिमा लेखी पठाउन सक्नेछ।
(३) उपदफा (२) बमोजिम लेखी आएमा जिल्ला समन्वय समितिले परिषद् वा प्रदेश समन्वय परिषद्बाट लेखी आए बमोजिम गरी परिषद् वा सम्बन्धित प्रदेश समन्वय परिषद्लाई जानकारी दिनु पर्नेछ।