दफा २५
जिल्ला समन्वय समिति

(१) भूकम्पबाट प्रभावित क्षेत्रमा प्राधिकरणबाट भए गरेको काम कारबाहीमा समन्वय गर्न प्रत्येक जिल्लामा एक जिल्ला समन्वयसमिति रहनेछ ।

(२) उपदफा (१) बामोजिमको जिल्ला समन्वय समितिमा सम्बन्धित जिल्लाबाट “संघीय संसद”मा प्रतिनिधित्व गर्ने संसद सदस्य, सम्बन्धित जिल्लाका प्रमुखजिल्ला अधिकारी र स्थानीय विकास अधिकारी रहनेछन् ।

(३) जिल्ला समन्वय समितिको संयोजक उपदफा (२) बामोजिमका संसदसदस्यमध्येबाट नेपाली वर्णानुक्रमको नाम अनुसार प्रत्येक छ महिनामा पालैपालोगरी हुनेछ ।
(४) उपदफा (१) बामोजिमको जिल्ला समन्वय समितिको काम, कर्तव्य रअधिकार देहाय बमोजिम हुनेछ ः–
(क) प्राधिकरणबाट भए गरेको काम कारबाहीमा समन्वय गर्ने,
(ख) प्राधिकरणबाट भए गरेको काम कारबाहीको अनुगमन गर्ने,
(ग) प्राधिकरणबाट भए गरेको काम कारबाहीको समीक्षा गर्ने,
(घ) प्राधिकरणको कामसँग सम्बन्धित जिल्लास्थित पदाधिकारी वा कर्मचारीलेयस ऐन विपरित कुनै काम गरेमा कारबाहीको लागि सिफारिस गर्ने ।
(ङ) तोकिए बमोजिम अन्य कार्य गर्ने ।
(५) उपदफा (४) को प्रयोजनको लागि जिल्ला समन्वयन समितिले सो समितिमा आवश्यकता अनुसार जिल्लास्थित कुनै निकायका पदाधिकारी, महिला तथा समाजसेवीलाई आमन्त्रण गर्न सक्नेछ ।