नियम १७
जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा
(१) जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न नदिनको लागि प्रशोधन नगरिएको वा गरिएको वनस्पतिजन्य उत्पादन लगायतका तरकारी, फलफूल जस्ता खाब्य ८ वस्तुमा जीवनाशक विषादीको अवशेषको अधिकतम मात्रा समितिसँग समन्वय गरी खाद्य सम्बन्धी प्रचलित कानून अन्तर्गतको खाध प्रविधि तथा गुण नियन्त्रण विभागले - निर्धारण गरे बमोजिम हुनेछ।
(२) उपनियम (१) बमोजिम निर्धारण गरिएको जीवनाशक विषादीको अवशेषको अधिकतम मात्राको सूचना मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ ।