दफा ३
जीवनाशक विषादीको पञ्जीकरण गराउनु, पर्ने
(१) कुनै व्यक्ति, संस्था वा निकायले कुनै जीवनाशक विषादी तथा त्यस्तो विषादीको सक्रिय तत्त्व समेतको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण, बिक्री वितरण, ओसारपसार, प्याकिङ्ग वा पुनः प्याकिङ्ग गर्नुपूर्व केन्द्रमा पञ्जीकरण गराउनु पर्नेछ।
(२) उपदफा (१) बमोजिम पञ्जीकरण गराउन चाहने व्यक्ति, संस्था वा निकायले तोकिए बमोजिमको विवरण र ढाँचामा प्रदेशको कृषि सम्बन्धी विषय हेर्ने मन्त्रालय मार्फत् बा सिधै केन्द्र समक्ष निवेदन दिनु पर्नेछ र सम्बन्धित प्रदेशको कृषि सम्बन्धी विषय हेर्न मन्त्रालयमा प्राप्त निवेदन तोकिएको समयभित्र केन्द्रमा पठाउनु पर्नेछ।
(३) उपदफा (२) बमोजिम प्राप्त निवेदन उपर केन्द्रले आवश्यक छानबिन गरी तोकिएका शर्त पूरा भएको पाइएमा त्यस्तो जीवनाशक विषादीको पञ्जीकरण गरी सोको प्रमाणपत्र प्रदान गर्नु पर्नछ।
(४) उपदफा (३) बमोजिम प्रदान गरिएको प्रमाणपत्रको अवधि तीन वर्षको हुनेछ।
(५) जीवनाशक विषादीको पञ्जीकरण गर्दा लाग्ने शुल्क तथा सो सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।
(६) उपदफा (३) बमोजिम पञ्जीकरण गरिएका विषादीको नाम मन्त्रालयले नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।