दफा २२
जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने
(१) समितिले केन्द्रको सिफारिसमा मानव तथा जीवजन्तुको स्वास्थ्य तथा वातावरणमा प्रतिकूल प्रभाव पार्ने जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसारमा प्रतिबन्ध लगाउन सक्नेछ।
(२) मन्त्रालयले उपदफा (१) बमोजिम प्रतिबन्ध भएका जीवनाशक विषादीको नाम सम्बन्धी सूचना नेपाल राजपत्रमा प्रकाशन गर्नु पर्नेछ।
(३) जीवनाशक विषादीको प्रयोगमा प्रतिबन्ध लगाउने सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।