दफा १८
जीवनाशक विषादीको प्रयोग
(१) कसैले जीवनाशक विषादीको जथाभावी प्रयोग गर्न तथा त्यस्तो विषादीको अवशेष तोकिएको हदभन्दा बढी मात्रा हुने गरी उत्पादन तथा बिक्री वितरण गर्नु हुँदैन।
(२) मिसावट गरिएको वा कम गुणस्तरको जीवनाशक विषादी हो भन्ने कुरा थाहा पाउँदा पाउँदै कसैले पनि त्यस्तो विषादी बिक्री, बितरण, भण्डारण वा प्रयोग गर्नु, गराउनु हुँदैन।
(३) जीवनाशक विषादीको बिक्री वितरण गर्ने व्यक्ति वा संस्थाले सुरक्षित जीवनाशक विषादी तथा सो विषादी प्रयोग र विसर्जन गर्दा लगाइने सुरक्षित पहिरन समेत बिक्रीको लागि राखु पर्नेछ।
(४) जीवनाशक विषादीको उत्पादन, संश्लेषण, निकासी, पैठारी, व्यावसायिक प्रयोग, भण्डारण वा बिक्री वितरण तथा ओसारपसार वा विसर्जन गर्दा तोकिए बमोजिमका आवश्यक सुरक्षात्मक उपाय अपनाउनु पर्नेछ।
(५) विषादी र खाद्य पदार्थको भण्डारण र बिक्री अलग अलग स्थानबाट गर्नु पर्नेछ।
(६) यस ऐन बमोजिम जुन उद्देश्यको लागि जीवनाशक विषादीको पञ्जीकरण गरिएको हो सोही प्रयोजनको लागि मात्र जीवनाशक विषादीको प्रयोग गर्नु पर्नेछ ।
(७) जीवनाशक विषादी पैठारी वा संश्लेषण गर्नुअघि सो विषादीको कन्टेनर र नेपालीमा “लेखिएको सूचकपत्र र पर्चाको ढाँचा समेत केन्द्रबाट स्वीकृत गराएर मात्र प्रयोग गर्नु, गराउनु पर्नेछ ।
(८) जीवनाशक विषादीको प्रयोग सम्बन्धी अन्य व्यवस्था तोकिए बमोजिम हुनेछ।