दफा ३५
जोडी साँचो सृजना गर्ने
(१) प्रमाणीकरण गर्ने निकायबाट जारी गरिएको र ग्राहकद्वारा स्वीकार गरिएको प्रमाणपत्रमा सूचीकृत गरिनु पर्ने सार्वजनिक साँचो समावेश भएको जोडी साँचो ग्राहकले नै सृजना गर्नु पर्ने भएमा ग्राहकले त्यस्तो जोडी साँचो सृजना गर्दा सुरक्षित एसिमेट्रिक क्रिप्टो सिस्टमको प्रयोग गर्नु पर्नेछ ।
(२) उपदफा (१) मा जुनसुकै कुरा लेखिएको भए तापनि जोडी साँचो सृजना गर्न प्रयोग गर्नु पर्ने सुरक्षण प्रणालीको सम्बन्धमा ग्राहक र प्रमाणीकरण गर्ने निकायका बीचमा कुनै सम्झौता भएको वा प्रमाणीकरण गर्ने निकायले कुनै खास प्रणालीलाई स्वीकृत गरेको अवस्थामा त्यसरी सम्झौता भएको वा स्वीकृत गरेको सुरक्षण प्रणाली प्रयोग गर्नु ग्राहकको कर्तव्य हुनेछ ।