दफा
झण्डा प्रयोग गर्न पाउने पानी जहाजको कर्तव्य

नेपालको व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्न पाउने नेपाली पानी जहाजको देहायको कर्तव्य हुनेछः–
(क) सो झण्डा भक्ति र सम्मानपूर्वक प्रयोग गर्नु,
(ख) सो झण्डा अन्तर्राष्ट्रिय कानून बमोजिम आवश्यकतानुसार प्रयोग गर्नु, र
(ग) समुन्द्र, क्षेत्रीय समुन्द्र वा बन्दरगाहमा रहँदा अन्तर्राष्ट्रिय कानूनको पालना गर्नु ।