दफा
झण्डा प्रयोग गर्न पाउनेको अधिकार र कर्तव्य

(१) नेपाल पानी जहाज कार्यालयमा दर्ता भएको
प्रत्येक नेपाली पानी जहाजको नेपाल ……….को व्यापारिक पानी जहाजको झण्डा प्रयोग गर्ने
अधिकार र कर्तव्य हुनेछ ।
(२) त्यस्तो झण्डा पानी जहाजको पछिल्लो भाग (स्टर्न) मा रहेको ध्वजदण्ड (फ्लैग
स्टाफ) वा पछिल्लो मस्तूल (आफ्टर मोष्टमाष्ट) मा फहराइनेछ ।
(३) यो ऐन बमोजिम नेपाल ……….का व्यापारिक पानी जहाजको झण्डा प्रयोग
गर्नुपर्ने कर्तव्य भएको नेपाली पानी जहाजले राष्ट्रियताको चिन्हको रुपमा प्रदत्त झण्डा बाहेक
अरु कुनै झण्डा प्रयोग गर्न पाइनेछैन