दफा २४ग
झुट्टा उजुर गर्नेलाई सजाय
कसैले उजुरी दिने मनासिब कारण नभई कसैलाई कुनै किसिमको हानि नोक्सानी पु¥याउने वा दुःख दिने नियतले कुनै सार्वजनिक पद धारण गरेको व्यक्ति वा कुनै राष्ट्रसेवक वा व्यक्ति उपर झुट्टा उजुर दिएको ठहरेमा निजलाई आयोगले पाँच हजार रुपैयाँसम्म जरिवाना गर्न सक्नेछ ।