नियम ४
झुठो वासलात वा नाफा नोक्सानीको फाँटवारी पेश गरेकोमा उजुरी गर्न सकिने :
(१) कुनै प्रतिष्ठानले नियम ३ बमोजिम पेश गरेको वासलात, फाँटवारी वा विवरण झुठ्ठो भनी सम्बन्धित प्रतिष्ठानको कर्मचारीले सो कुराको प्रमाण सहित श्रम कार्यालयमा उजुर गर्न सक्नेछ ।
(२) उपनियम (१) बमोजिमको उजुरी श्रम कार्यालयमा वासलात र नाफा नोक्सानीको फाँटवारी पेश भएपछि र बोनस बुझ्नु अगावै जुनसुकै समयमा दिन सकिनेछ ।
तर त्यस्तो उजुरी बोनस वितरण प्रारम्भ भएको तीन महीना नाघेपछि दिन सकिने छैन । (३) उपनियम (१) बमोजिम उजुरी दिने कर्मचारीको नाम श्रम कार्यालयले गोप्य राख्न सक्नेछ ।