नियम १२
टाईप प्रमाणपत्र

(१) नेपाल अधिराज्यमा दर्ता नभएको कुनै किसिमको वायुयानको टाईप प्रमाणपत्र लिन चाहने वायुयान धनी, संस्था वा वायुयान निर्माता आपैmले एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा आवश्यक विवरणहरु खुलाई अनुसूची–१ मा उल्लेख भए बमोजिमको शुल्क संलग्न गरी महानिर्देशक समक्ष दरखास्त दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम दरखास्त दिंदा त्यस्तो वायुयानको डिजाईन प्रमाणपत्र समेत संलग्न गर्नु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम पर्न आएको दरखास्त उपर महानिर्देशकले आवश्यक जाँचबुझ गरी गैर सैनिक हवाई उडान सम्बन्धी प्रचलित कानून, यस नियमावली, एनेक्स तथा म्यानुअलमा उल्लिखित व्यवस्थाहरुको अधिनमा रही एनेक्स तथा म्यानुअलमा उल्लेख भएको ढाँचामा दरखास्तवालालाई वायुयानको टाईप प्रमाणपत्र दिनेछ ।
(४) यो नियमावली प्रारम्भ हुनु अगावै आयात गरिएको कुनै वायुयानको टाईप प्रमाणपत्र नलिएको भए त्यस्तो वायुयान सञ्चालन गर्ने संस्थाले वायुयान सञ्चालन अनुमति तथा प्रमाणपत्र नवीकरण गर्दा यस नियम बोजिम टाईप प्रमाणपत्र लिनु पर्नेछ ।
(५) टाईप प्रमाणपत्र दिने सम्बन्धी अन्य कार्यविधि एनेक्स तथा म्यानुअलमा उल्लेख भए बमोजिम हुनेछ ।