(१) नेपाल सरकारले राष्ट्रियकरण गरी छुट्टेै व्यवस्था गरेकोमा बाहेक ट्रष्टमा देहायको सम्पत्ति रहनेछ ः–
(क) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारको देहावसान हुँदाका बखत निजहरुको नाममा रहेको सम्पत्ति ट्रष्ट अन्तर्गत ल्याउने भनी नेपाल सरकार, मन्त्रिपरिषद्ले निर्णय गरेको सम्पत्ति,
(ख) खण्ड (क) बमोजिमको सम्पत्तिबाट बढे बढाएको वा त्यस्तो सम्पत्ति बापत यो ऐन प्रारम्भ हुनुभन्दा अघि प्राप्त भएको वा यो ऐन प्रारम्भ भएपछि प्राप्त हुने सम्पत्ति,
(ग) राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई कुनै किसिमले प्राप्त भएको वा हुन सक्ने वा निजहरुको हक पुगेको वा पुग्न सक्ने वा निजहरुको हक पुगेको वा पुग्ने अरु कसैको नाममा राखिएको वा बेनामी सम्पत्ति,
(घ) खण्ड (क), (ख) वा (ग) मा लेखिए बाहेक राजा वीरेन्द्र, रानी ऐश्वर्य र निजहरुका परिवारलाई यो ऐन प्रारम्भ भएपछि प्राप्त हुन सक्ने अन्य कुनै सम्पत्ति,
(ङ) नेपाल सरकारले समय–समयमा उपलब्ध गराएको अन्य सम्पत्ति,
(च) विदेशी सरकार वा कुनै स्वदेशी वा विदेशी व्यक्ति वा संस्थाबाट प्राप्त सम्पत्ति ।
(२) उपदफा (१) को खण्ड (क), (ख), (ग) वा (घ) बमोजिमको सम्पत्ति यो ऐन प्रारम्भ हुँदाका बखत स्वदेश वा विदेश जहाँ जे जस्तो अवस्थामा जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहेको भए
तापनि यो ऐन प्रारम्भ भएपछि त्यस्तो सम्पत्ति स्वतः ट्रष्टको नाममा हस्तान्तरण भएको वा त्यस्तो सम्पत्तिमा स्वतः ट्रष्टको हक कायम भएको मानिनेछ ।
(३) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि उपदफा (१) बमोजिमको सम्पत्तिउपर कुनै व्यक्ति वा संस्थाको कुनै प्रकारको हक वा दावी पुग्ने छैन र त्यस्तो सम्पत्तिमा अंश वा अपुताली सम्बन्धी कानून बमोजिम कसैको हक वा दावी सिर्जना हुने छैन ।
(४) यस दफा बमोजिम ट्रष्टको नाममा हक कायम भएको वा हुन आउने सम्पत्ति नामसारी गरिदिन ट्रष्टबाट लेखी आएमा सम्पत्ति नामसारी दाखेल खारेज गर्ने अधिकारीले त्यस्तो सम्पत्ति जुनसुकै व्यक्ति वा संस्थाको नाममा रहे भएको भए तापनि ट्रष्टको नाममा नामसारी गरिदिनु पर्नेछ ।
(५) प्रचलित कानूनमा जुनसुकै कुरा लेखिएको भए तापनि यस दफा बमोजिमको सम्पत्ति नामसारी दाखेल खारेज गर्दा कुनै दस्तुर लाग्ने छैन ।