नियम
ट्रेड युनियन महासंघको दर्ताको लागि दरखास्त :

(१) ऐनको दफा ५ को उपदफा (२) बमोजिम ट्रेड युनियन महासंघ दर्ता गराउनको लागि कार्य समितिले तोकेको पदाधिकारीले
दर्ता दस्तुर वापत लाग्ने एक हजार रुपैयाँ संलग्न गरी अनुसूची–५ बमोजिमको ढाँचामा पंजिकाधिकारी समक्ष दरखास्त दिनु पर्नेछ ।
(२) उपनियम (१) बमोजिमको दरखास्तसाथ देहायका विवरणहरू समेत स्पष्ट रूपमा खुलाइ संलग्न गरिएको हुनु पर्नेछ :
(क) ट्रेड युनियन महासंघको नाम र ठेगाना ।
(ख) ट्रेड युनियन महासंघको गठन मिति ।
(ग) ऐनको दफा १० बमोजिमको विधानको तीन प्रति ।
(घ) ट्रेड युनियन महासंघ गठन गर्नको लागि ट्रेड युनियन संघहरूले आपसमा गरेको सम्झौताको प्रतिलिपि ।
(ङ) ट्रेड युनियन महासंघ गठन गर्ने ट्रेड युनियन संघहरूको नाम ।
(च) पदाधिकारीहरूको नाम, थर र ठेगाना ।
(छ) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिने सम्बन्धमा कार्य समितिले गरेको निर्णयको प्रतिलिपि ।
(ज) दर्ता गर्नको निमित्त पंजिकाधिकारी समक्ष दरखास्त दिन कुनै पदाधिकारीलाई अख्तियार गरी तोकेको सम्बन्धमा कार्य समितिको पत्र ।
(झ) दर्ता हुने ट्रेड युनियन महासंघको सदस्यता प्राप्त ट्रेड युनियन संघहरूले अन्य ट्रेड युनियन महासंघको सदस्यता ग्रहण नगरेको कुराको स्वीकारोक्ती गरेको कागज ।