दफा ७
ठेक्का सम्बन्धी व्यवस्था
(१) नेपाल सरकारले आफनो नियन्त्रणमा रहेको जुनसुकै जलमा कुनै एक वा एक भन्दा बढी प्रकारका जलचरहरु समात्ने तथा मार्ने कामको ठेक्का बन्दोबस्त गर्न सक्नेछ ।
(२) स्थानीय निकायहरुले प्रचलित कानून बमोजिम जलमा माछा पालन गर्ने वा माछा मार्ने ठेक्का दिंदा प्राविधिक अधिकारीसंग परामर्श लिनु पर्नेछ ।
(३) उपदफा (१) वा (२) बमोजिमको ठेक्का दिंदा जलचर समात्न वा पक्रन प्रयोग गरिने साधनको मापदण्ड तोकिए बमोजिम हुनेछ ।
(४) उपदफा (१) वा (२) बमोजिमको ठेक्का दिंदाको कार्यविधि तोकिए बमोजिम हुनेछ ।