दफा ४०
डिबेञ्चर ट्रष्टीले सेवा शुल्क लिने
: (१) डिबेञ्चर ट्रष्टीले डिबेञ्चर ट्रष्टीको हैसियतमा काम गरेबापत कम्पनीसँग सेवा शुल्क लिन सक्नेछ । त्यस्तो सेवा शुल्कको रकम डिबेञ्चर ट्रष्टी र
सम्बन्धित कम्पनीको बीचमा भएको सम्झौता बमोजिम हुनेछ ।
(२) डिबेञ्चर ट्रष्टीले डिबेञ्चरवाला वा कम्पनीको तर्फबाट कुनै काम गर्दा, कम्पनीको
जायजेथाको मूल्याड्ढन गर्दा, कब्जा गर्दा वा लिलाम बिक्री गर्दा लागेको वास्तविक खर्च सम्बन्धित कम्पनीसँग असुल गरी लिन सक्नेछ ।