नियम २०
तत्काल जानकारी दिनु पर्ने

प्राविधिक परीक्षकले प्राविधिक परीक्षणको सिलसिलामा कुनै आयोजनामा सो आयोजनाको लक्ष्य वा निर्धारित समयतालिका अनुरुप काम नभएको वा आयोजना कार्यान्वयन गर्दा प्रचलित कानूनको उल्लंघन भइरहेको वा आयोजनासँग सम्बन्धित निर्माण व्यवसायी वा परामर्शदाता वा सम्बन्धित कार्यालयका कर्मचारीले कुनै अनियमित कार्य गरेको पाइएमा यथाशीघ्र सो सम्बन्धी जानकारी केन्द्रलाई दिनु पर्नेछ ।