नियम १८
तत्काल रकम उपलब्ध गराउनु पर्ने
(१) यस नियमावलीमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि पीडितलाई तत्काल उद्धार, औषधि उपचार, पुनर्स्थापना वा राहत प्रदान नगरेमा गम्भीर तथा मानवीय क्षति हुने देखिएमा सञ्चालक समितिको अध्यक्षले सो प्रयोजनको लागि कोषबाट पचास हजार रुपैयाँमा नबढ्ने गरी मनासिब रकम सम्बन्धित पीडितलाई उपलब्ध गराउन सक्नेछ।
(२) उपनियम (१) बमोजिमको अवस्था परी सञ्चालक समितिको अध्यक्षबाट पीडितलाई रकम उपलब्ध गराइएकोमा त्यसरी रकम उपलब्ध गराइएपछि बस्ने सञ्चालक समितिको बैठकबाट अनुमोदन गराउनु पर्नेछ ।
(३) उपनियम (१) बमोजिम उपलब्ध गराइएको रकम पीडितलाई प्रदान गरिने अन्तरिम क्षतिपूर्ति, राहत बा क्षतिपूर्ति रकमबाट कट्टा हुने गरी कोषमा सोधभर्ना गरिनेछ ।