नियम २९
तथ्याङ्क भण्डार सम्बन्धी व्यवस्था
: (१) विभागले तथ्याङ्क भण्डारको विकास, स्थापना तथा सञ्चालन गर्नेछ।
(२) तथ्याङ्क भण्डार तथा सोसँग आबद्ध अन्य सूचना प्रविधि प्रणाली सञ्चालन गर्दा ऐनको दफा ३५ को उपदफा (१) बमोजिमको तथ्याङ्क सुरक्षा समितिले निर्धारण गरेको सुरक्षा मापदण्ड पूरा गर्नु पर्नेछ।
(३) उपनियम (२) बमोजिमको सुरक्षा मापदण्डमा (क) तथ्याङ्क भण्डारको व्यवस्थापन सम्बन्धी कार्यको जिम्मेवारी बाँडफाँड तथा नियन्त्रणका उपाय,
(ख) राष्ट्यि परिचय व्यवस्थापन सूचना प्रणालीको मूल सुरक्षा साँचो तीन वटा फरक फरक निकायमा रहने गरी सो प्रणाली प्रयोग हुने: सुरक्षा साँचोको व्यवस्थापन गर्ने विधि,
(ग) अन्य निकायले तथ्याङ्क भण्डार तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा पहुँच पुन्याउनु अघि पूरा गर्नु पर्ने सुरक्षा प्रावधान,
(घ) तथ्याङ्क भण्डार तथा राष्ट्रिय परिचय व्यवस्थापन सूचना प्रणालीमा आबद्द हुन चाहिने नेटवर्कको सुरक्षास्तर,
(ङ) सेवा प्रदायकबाट सेवा लिँदा पूरा गर्नु पर्ने शर्त,
(च) अनलाइन सेवा प्रदान गर्दा अपनाउनु पर्ने सुरक्षा प्रावधान ।