दफा ४२
तदर्थ परिषद्को गठन
(१) यस ऐनमा अन्यत्र जुनसुकै कुरा लेखिएको भए तापनि दफा ७ बमोजिम परिषद्को गठन नभएसम्म संस्थाको सदस्य हुन चाहने योग्यता पुगेको व्यक्तिको नाम दर्ता गरी सदस्यता दर्ताको प्रमाणपत्र दिने सम्बन्धमा यस ऐन बमोजिम परिषद्ले गर्ने कार्य गर्न र सदस्यहरु मध्येबाट परिषद्मा प्रतिनिधित्व गर्ने पार्षद्हरुको निर्वाचन गर्नको लागि देहायका सदस्यहरु रहेको एक तदर्थ परिषद्को गठन गरिनेछ ः-
(क) अध्यक्ष, नेपाल चार्टर्ड एकाउन्टेन्टस्‌  एसोसिएशन – अध्यक्ष
(ख) लेखापरीक्षक सम्बन्धी ऐन, २०३१ बमोजिम लेखापरीक्षकको रुपमा नाम दर्ता गराएका लेखापरीक्षकहरु मध्येबाट नेपाल सरकारले मनोनीत गरेका तीनजना – सदस्य
(ग) नेपाल सरकारले तोकेको राजपत्रांकित प्रथम श्रेणीको अधिकृत– सदस्य–सचिव
(२) उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्ले यो ऐन प्रारम्भ भएको मितिले ६ महिनाभित्र सदस्यहरुमध्येबाट परिषद्‌मा प्रतिनिधित्व गर्ने पार्षद्हरुको निर्वाचन गरी सक्नु पर्नेछ ।
(३) उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्ले आफनो बैठक सम्बन्धी कार्यविधि र अन्य कार्य प्रणालीहरु आफैंले निर्धारण गर्न सक्नेछ ।
(४) दफा ७ बमोजिम परिषद्को गठन भएपछि उपदफा (१) बमोजिम गठन भएको तदर्थ परिषद्स्वतः विघटन हुनेछ । यसरी तदर्थ परिषद् विघटन भएपछि उक्त तदर्थ परिषद्ले परिषद्को तर्फबाट गरेको सम्पूर्ण काम कारबाही परिषद्ले नै गरे सरह मानिनेछ ।