दफा २४
तरलता मौज्दात राख्नु पर्ने
(१) संस्थाले भुक्तानी सेवा प्रदान गर्दा कारोबारको प्रकृति, कारोबारको परिमाण, कारोबारमा निहित जोखिम समेतका आधारमा संस्थाले बहन गर्नु पर्ने दायित्वलाई खाम्ने गरी बैङ्कले समय समयमा तोके बमोजिमको मात्रामा नघट्ने गरी सेटलमेण्ट बैङ्कमा पर्याप्त तरलता मौज्दात राख्नु पर्नेछ।
(२) कम्पनीले कुनै कारणले ग्राहकको कारोबारको दायित्व भुक्तानी गर्न नसकेको अवस्थामा सोको फर्स्यौट गर्ने दायित्व सेटलमेण्ट बैङ्कको हुनेछ।