नियम
तराई मध्येशका जग्गा जमीनहरूको लगत सङ्कलन गरी सुरक्षित राख्ने
यी नियमहरू प्रारम्भ भएपछि मध्येश तराईका जग्गा जमीनहरूको किसिम, चौहद्दी, मालपोत (भूमि कर र मालपोतमा थप जग्गा कर समेत) को दर र ती जग्गा जमीनहरूको क्षेत्रफलसमेतको माल अड्डाहरूमा रहेको र ती माल अड्डाहरू अन्तर्गतका जिमिदार पटवारीहरूस“ग रहेको लगत (जम्माबन्दी अठसट्टा मोठ स्रेस्ता) र नेपाल सरकारको सर्भे विभागबाट खडा भएको लगतसमेत सङ्कलन गरी सुरक्षित राख्ने कर्तव्य लगत फा“ट अड्डाको हुनेछ ।