दफा ५१
तलबको उल्लेख
(१) यस परिच्छेद र परिच्छेद–६ मा जहाँ जहाँ तलबको उल्लेख भएको छ त्यसले सम्बन्धित कर्मचारीको तत्कालको तलब रकम (तलब वृद्धि समेत) लाई जनाउनेछ ।
(२) दफा ४७ र ४८ को प्रयोजनकोलागि “आखिरी तलब” भन्नाले सम्बन्धित कर्मचारीको अवकाश प्राप्त गर्ने अवस्थाको तलबलाई जनाउनेछ र त्यसरी अवकाश प्राप्त गर्ने अवस्थामा कुनै कर्मचारी असाधारण बिदा वा निलम्बनमा रहेको भए त्यस्तो अवधिको निमित्त पनि पूरै तलबको हिसाब गरिनेछ ।