दफा ११०
तामेल गरिएको म्याद जाँच्नु पर्ने

तामेलदारले यस परिच्छेद बमोजिम म्याद तामेल गरी प्रतिवेदन दिना साथ अदालतको सम्बन्धित अधिकृत कर्मचारीले त्यस्तोेम्याद रीतपूर्वक तामेल भएको छ वा छैन जाँच गरी रीत पूर्वक तामेल भएको देखिएमा सो प्रमाणित गरी मिसिल सामेलराख्नुपर्नेछ ।