दफा १०४
तामेलदारले म्याद तामेल गर्नु पर्ने

(१) तामेलदारले अदालतबाट बुझेको म्याद बाटोको म्याद बाहेक साधारणतया सात दिनभित्र तामेल गर्नु पर्नेछ।स्पष्टीकरण:यस परिच्छेदको प्रयोजनका लागि “तामेलदार” भन्नाले अदालतबाट जारी भएको म्याद सम्बन्धितव्यक्तिलाईबुझाई तामेल गर्न जिम्मेवारी पाएको वा खटिएको कर्मचारी सम्झनु पर्छ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र म्याद तामेल हुन नसकेमा निजले त्यसको कारण सहितको प्रतिवेदन सम्बन्धित अदालतमादिनु पर्नेछ र त्यस्तो प्रतिवेदन झुट्टा देखिएमा निजलाई विभागीय कारवाही हुन सक्नेछ ।