दफा ३३
तारिख सम्बन्धी व्यवस्था
(१) रजिस्ट्रारले मुद्दामा हुने काम कारबाहीको प्रकृति र कार्यतालिका समेतलाई विचार गरी मनासिब माफिकको तारिख तोक्न लगाउनेछ।
(२) पक्षहरूले अदालतको अनुमति लिई आफूलाई पायक पर्ने अन्य अदालतबाट अनलाइन वा विद्युतीय माध्यमबाट तारिख लिन सक्नेछ।
(३) अदालतद्वारा तोकिएको तारिखमा हुनुपर्ने काम कारबाही मुद्दाका: पक्षको उपस्थितिमा गरिनेछ।
तर तोकिएको तारिखमा मुद्दाको कुनै पक्ष उपस्थित नभएका कारण मुद्दामा गर्नु पर्ने काम कारबाही रोकिने छैन।
(४) पक्षले गर्नु पर्ने गरी कुनै कामको लागि तारिख तोकिएकोमा त्यस्तो तारिखका दिन उपस्थित नहुने पक्षले त्यस्तो काम पछिबाट गरी पाउँ भनी निवेदन दिन वा जिकिर लिन पाउने छैन।
तर अदालतलाई सन्तोष हुने कुनै मनासिब कारण देखाई निवेदन दिएमा अदालतले सो काम गर्नका लागि अर्को तारिख तोक्न सक्नेछ।