नियम ३१
तालिम
(१) सम्बन्धित तह वा सो भन्दा माथिल्लो स्तरको शिक्षा शिक्षणसँग सम्बन्धित दश महिना वा सो भन्दा बढी अवधिको मान्यता प्राप्त तालीम प्राप्त गरेको वा प्राथमिक शिक्षकको हकमा ४०० पूर्णाङ्कको शिक्षा विषय लिई प्रवेशिका परीक्षा उत्तीर्ण गरेकोमा तालीम वापत प्रथम श्रेणीको भए १० अङ्क, द्वितीय श्रेणीको भए ८ अङ्क र तृतीय श्रेणीको भए ६ अङ्क दिइनेछ ।
(२) श्रेणी नखुलेको तालीम प्राप्त द्वितीय श्रेणीको अङ्क दिइनेछ ।
(३) शिक्षा विषय लिई प्रविणता प्रमाणपत्र तह वा सो सरह, स्नातक तह वा स्तानकोत्तर तह उत्तीर्ण गरेको सम्बन्धित तहको शिक्षकलाई तालीम वापत ७ अङ्क ननाघ्ने गरी न्यूनतम योग्यता र तालीम वापतको दुवै अङ्क दिइनेछ ।
(४) सम्बन्धित तह वा श्रेणीका लागि तोकिएको पेशागत विकास सम्बन्धी कम्तीमा एक महिने सेवाकालीन तालीम प्राप्त शिक्षकलाई श्रेणीका आधारमा प्रथम, द्वितीय र तृतीय श्रेणी वापत क्रमशः ३, २ र १ अङ्क दिइनेछ ।
(५) उपनियम (४) बमोजिमको सेवाकालीन तालीमको लागि शिक्षकलाई मनोनयन गर्दा वरिष्ठताको आधारमा गरिनेछ ।