दफा १८६
तोकिएको तारिखका दिन साक्षी परीक्षण गर्नु पर्ने

(१) दफा १८१ वा १८२ को अवस्थामा बाहेक अदालतले साक्षी परीक्षण गर्न तोकिएको तारिखका दिनमा नै अदालतमा उपस्थितभएका सम्पूर्ण साक्षीहरूको परीक्षण गरिसक्नु पर्नेछ ।
(२) उपदफा (१) बमोजिम सम्पूर्ण साक्षीहरूको सोही दिन परीक्षण गर्न समय अभावको कारणले नभ्याउने भएमा अदालतलेत्यसको कारण खुलाई त्यसको भोलिपल्ट साक्षी परीक्षण गर्ने गरी साक्षी तथा पक्षहरूलाई तारिख तोक्नु पर्नेछ ।
स्पष्टीकरण: यस दफाको प्रयोजनका लागि “त्यसको भोलिपल्ट” भन्नाले साक्षी परीक्षण गरेकोदिनको लगत्तै पछि अड्डा खुलेको पहिलो दिन सम्झनु पर्छ ।