दफा ३६
तोकिएको म्यादभित्र उठाई नलगेमा मालवस्तु फिर्ता गर्नु नपर्ने :

यस ऐनको विभिन्न दफाहरू बमोजिम कुनै जग्गामा लगाएको बाली, रुख तथा त्यसमा बनेको घर, पर्खाल आदि उठाई लैजान पाउनेमा तोकिएको म्यादभित्र त्यस्तो मालबस्तु उठाई नलगेमा ती मालबस्तु स्थानीय अधिकारीले आफ्नो कब्जामा लिन सक्नेछ र त्यस्तो मालबस्तुमा सम्बन्धित मालधनीको कुनै दाबी लाग्ने छैन ।