दफा २३६
थप दस्तुर लिई फैसला कार्यान्वयन गर्न सक्ने

(१) यस संहिता बमोजिम म्याद जारी भएकोमा म्याद नाघेपछि रम्याद वा तारिख गुजारेकोमा मुद्दा सकार गर्ने वा गुजे्रको तारिखथमाउने म्याद नाघेपछि मुद्दाको पक्ष फैसला कार्यान्वयन गराउन आएमा अदालतले फैसला कार्यान्वयन गर्दा लाग्नेदस्तुरको म्याद नाघेको छ महिनाभित्र भए दश प्रतिशत र एक वर्षभित्र भए पच्चीस प्रतिशत थप दस्तुर लिई फैसलाकार्यान्वयन गरिदिनु पर्नेछ ।
(२) उपदफा (१) बमोजिमको अवधिभित्र पनि फैसला कार्यान्वयन गर्न पक्ष हाजिर नभएमा यस परिच्छेदमा अन्यथा उल्लेखभएकोमाबाहेक अदालतले त्यस्तो फैसला कार्यान्वयन सम्बन्धी कारबाही तामेलीमा राख्नु पर्नेछ ।