नियम ८
थप प्रमाण बुझ्न निर्देशन दिन सक्ने
(१) मुद्दा चल्ने वा नचल्ने निर्णय गर्ने सिलसिलामा मिसिल अध्ययन गर्दा प्राड विवाकले थप सबुद प्रमाण संकलन गर्न वा कुनै व्यक्तिसँग सोधपुछ गर्न आवश्यक देखेमा त्यस्तो सबुद प्रमाण संकलन गरी पठाउन वा त्यस्तो व्यक्तिसँग सोधपुछ गरी पठाउन कोर्र्ट अफ इन्क्वायरीलाई निर्देशन दिन सक्नेछ ।
(२) उपनियम (१) बमोजिम निर्देशन भएमा त्यस्तो निर्देशनको पालना गर्नु कोर्ट अफ इन्क्वायरीको कर्तव्य हुनेछ ।
(२) उपनियम (१) बमोजिम निर्देशन भएमा त्यस्तो निर्देशनको पालना गर्नु कोर्ट अफ इन्क्वायरीको कर्तव्य हुनेछ ।