दफा
थप म्याद
: ठेकेदारले दोस्रो पटक थपिएको अन्वेषण अवधि समाप्त हुनु कम्तीमा नब्बे (९०) दिन अगावै कुनै तेलको इनारको सम्बन्धमा चालू भैरहेको खन्ने, लगिङ गर्ने, परीक्षण गर्ने वा थुन्ने काम पूरा गर्न वा सम्भाव्यता कार्य पूरा गर्न, पत्ता लागेको पेट्रोलियमको मूल्याङ्कन गर्न, विस्तृत विकास कार्यक्रम र बजेट तयार पार्न तथा पेश गर्न वा उत्पादन अनुमतिको लागि निवेदन दिन वा करार क्षेत्रमा पत्ता लागेको स्थलबाट प्राप्त पेट्रोलियमको निर्यात बजार निश्चित गर्न (नेपालको सीमाना र नेपाल बाहिरको खरिदकर्तालाई डेलिभरी दिने एफ.ओ.बी. केन्द्रको बीचमा आवश्यक बन्दोबस्त तथा पूर्वाधारहरूको व्यवस्था गर्न समेत) अन्वेषण अवधिको म्याद बढाउन विभागमा निवेदन दिएमा विभागले (………….. दिनमा नबढाई)
मनासिब अवधिको लागि अन्वेषण अवधिको म्याद पुन बढाइ दिन सक्नेछ । ठेकेदारले कार्य चालू भैरहेको क्षेत्र निश्चित गर्नेछ र उत्पादन क्षेत्रमा नपरेको बाँकी करार क्षेत्र परित्याग गर्नेछ ।