नियम १९
थप रकम निकासा माग गर्न सक्ने
(१) सञ्चालक समितिबाट जिल्ला अदालतको नाममा निकासा भएको रकम ऐन तथा यस नियमावली बमोजिम अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्ति दिनको लागि अपूग हुने भएमा जिल्ला अदालतले अन्तरिम क्षतिपूर्ति, राहत वा क्षतिपूर्तिको लागि परेका निवेदन र त्यसको लागि आवश्यक पर्ने रकमको विवरण खुलाई सञ्चालक समितिसँग थप रकम माग गर्नु पर्नेछ ।
(२) उपनियम (१) बमोजिम थप रकम माग भई आएमा सञ्चालक समितिले जिल्ला अदालतको आवश्यकता हेरी कोषबाट थप रकम निकासा दिनेछ ।